
हुलाकी न्यूज, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचिवालयको प्रावधानलाई हटाएको छ।
बैठकले गरेको विधान संशोधन अनुसार विधानको दफा १८ उपदफा ६ मा पार्टीको कार्य सञ्चालन गर्न आवश्यक देखिएमा केन्द्रीय कार्यकारिणी समितिले आफ्नो समिति संख्याको एक तिहाइसम्म सदस्य राखी केन्द्रीय केन्द्रीय सचिवालय गठन गर्ने उल्लेख थियो। तर सो उपदफाको पार्टीभित्र व्यापक विरोध भएपछि हटाएको हो। तर, अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन।
यसैगरी बैठकले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विरोध चयन गरेको छ।
बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ। बैठकबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत बनाउने तय भएको थियो।
गत साउन २१–२५ मा बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पदाधिकारी चयन गर्न नसके पछि त्यसको जिम्मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेताहरू राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको थियो।



