
हुलाकी न्यूज, सबैला (धनुषा) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायीय समिति सदस्य मातृका प्रसाद यादवको पैतृक गाउँ सबैलामा १३ सयभन्दा बढी नेता कार्यकर्ताले नेकपा परित्याग गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न गाउँबाट सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। मातृका उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद हुन्।
मातृकाको चरम भ्रष्टाचार र जातीवादका कारण नेकपा परित्याग गर्नु परेको जसपामा प्रवेश गरेका सुरेश राईले हुलाकी न्यूजलाई बताए।
नेता राईका अनुसार मातृकाले नेकपाभित्रै गुट संचालन गरेको र नयाँ पार्टी बनाउने तयारी गरेकोले आफूहरु नेकपा परित्याग गरेको दाबी गरे।

जसपाले सबैलामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाबाट १३ सयभन्दा बढी र नेपाली कांग्रेसबाट ७ सयभन्दा बढीले जसपामा प्रवेश गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको स्वकीय सचिव किशोर गुरुले जानकारी दिए।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, संघीय सांसद उमाशंकर अरगडिया, प्रदेश सांसदहरु सुरिता साह, मनिष सुमन र रामसिश यादवलगायतका सहभागी छन्।






दलाल मिडियाको उत्कृष्ट पुरस्कार तपाइलाई पाउने पक्का !!
तपाईं जस्को गुलाम भएर काम गर्दै हुनुहुन्छ, हामीले मज्जाले बुझेका छौ। पत्रकार हुनुस महोदय , पत्रुकार होइन।