हुलाकी न्यूज, काठमाडौंः एक महिला र अति अशक्त अपांगता व्यक्तिको सामाजिक सुरक्षा भत्ता गत चैत्र महिनादेखि कटौती भएको छ। भत्ता तत्काल भुक्तानी गर्दै नियमितरुपमा भत्ता दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुसार आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा समेत हालसम्म भुक्तानी हुँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था मिलाउनुपर्ने माग रहेको छ।
आर्थिक वर्ष २०७७र७८ को बजेट बक्तव्यमा सबै प्रकारका समाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भनिएकाले सबैप्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबैप्रकारका सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका लागि आदेशानुसार अनुरोध गर्दछु,’ सामान्य प्रशासन मन्त्राालयलाई गरिएको पत्राचारमा उल्लेख छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङका अनुसार एकल महिला अपांगता भएका व्यक्ति ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले पाउँदै आएका समाजिक सुरक्षा भत्ता कटौती हुन नदिन र त्यसको निरन्तरताका लागि आफूले पहलकदमी भइरहेको छ।