हुलाकी न्यूज, काठमाडौंः नेपाली काँग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म शिल भएको छ। नेपाली काँग्रेसका दुई केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो।
कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। काँग्रेसका केही सदस्यहरु शनिवार कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।
यता नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि बैठक अनिश्चित भएको हो।
गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो। कांग्रेसको केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जानाको टेकुस्थित प्रयोगशालामा जनाको स्वाब परीक्षण गन पठाएको थियो।
नेताहरुमा कोरोना देखिएसँगै फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ? भन्ने एजेन्डालगायतमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित भएको हो।