
हुलाकी न्यूज, जलेश्वर : महोत्तरीमा एक दलित महिलाले आफूलाई वडा सचिवले बलात्कार गरेको बताएकी छिन्।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवले आफूलाई बलात्कार गरेको उक्त महिलाको भनाई रहेको छ।
महिलाको उजुरीका आधारमा वडा सचिव पक्राउ परेका छन्।
बजार गरेर फर्किने क्रममा वडा सचिवले बलात्कार गरेको जाहेरी महिलाले प्रहरीमा दिएकी छिन्। जाहेरीका आधारमा यादवलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले जानकारी दिएका छन्।



