हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा लकडाउन विरुद्ध संघर्ष समिति गठन भएको छ।
कपिलदेव कुमार यादवको संयोजकत्वमा ५१ सदस्ययी लकडाउन विरुद्धको संघर्ष समिति धनुषा गठन भएको हो।
करिब ६ महिनाको लकडाउनले सर्वसाधारणको जीवन कष्टकर भएको र सरकारले विना योजना लकडाउन गरेको समितिको आरोप रहेको छ।
सर्वसाधारणको जिवन कष्टकर भएकोले बाध्य भएर संघर्ष समिति गठन गर्न परेको संयोजक यादवले बताए।
लकडाउन के को लागि? भन्ने विषयमा सरकार आफै पनि जानकार नभएको उनको बुझाई छ।
सरकारी पक्षले नै कालाबजारी गर्न अग्रसर रहेको संघर्ष समितिको भनाई रहेको छ। आश्विन १ गतेसम्म लकडाउनको विकल्प नखोजिए आन्दोलनमा उत्रिने निर्णय समितिको रहेको छ।