हुलाकी न्युजः महोत्तरीका एक जना पुरुषलाई श्वास प्रस्वासमा समस्या भएपछि उपचारका लागि काठमान्डौं लैजाने क्रममा मृत्यु भएको छ ।

मनरा सिस्वा नगरपालिकाका ३९ वर्षको पुरुषलाई लगातार एक सप्ता देखि ज्योरो आई रहदाँ जनकपुरधाममा उपचार गराउन आएको थियो । जनकपुरधाममा उपचार सम्भव नभएपछि डाक्टरले थप उपचारको लागि काठमान्डौ रेफर गरेको थियो ।

तर, बाटौमै उनको मृत्यु भएको परिवारजनले जनाएको छ । मृतकका स्वास्नी लगायत परिवारजनलाई समेत ज्वोरो आईरहँदा मृतकको कोरोनाबाट मृत्यु भएको आशंका गरिएको छ । साथै, मृतकका पत्नीमा समेत कोरोनाको लक्षण देखिएपछि काठमान्डौमा भेन्टीलेटरमा राखि उपचार भई रहेको छ ।

एता, मनरा सिस्वा नगरपालिकाका प्रमुख संजय सिंहले घटना प्रति आफनो ध्यान गएको बताएको छ । उनले अहिले मृतकमा कोरोना पुष्टी नभएको तथा कोरोना ठहरीदा आवश्यक कदम चल्ने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.