हुलाकी न्युजः प्रदेश १ मा आज १ सय ८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय दिएको जानकारीअनुसार संक्रमित हुनेमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेर्‍हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १-१ जना रहेका छन् । त्यस्तै, अन्य प्रदेशका ६ जना छन् ।

आज ८१ जना आइसोलेशनबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म यो प्रदेशमा ८२ हजार १ सय २ जनाको स्वाब परीक्षण गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.