हुलाकी न्युजः पर्सागढी नगरपालिकाका प्रमुख लोक नरायण यादवलाई कोरोना संक्रमण देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको हो ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका यादवले नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनी थप उपचारका लागि २६ साउनमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.