हुलाकी न्यूजः नेपालमा चार महिनाको लामो लकडाउन खुल्ना साथ पूर्वाञ्चल विश्वविद्यालयले स्थगित भएको परीक्षा पुनः सञ्चालन गर्ने भएको छ । देशमा मंगलवार मध्यरातीबाट लकडाउन समाप्त भएको सरकारले घोषना गरे लगतै विश्वविद्यालयले साउन ७ गते बुधवार एक सुचना निकाल्दै उक्त कुराको जानकारी दिएको हो ।

सुचनामा नेपाल सरकारले चैत्र ११ गते देखि जारी गरेको लकडाउन २०७७ साल साउन ६ गते मध्यराति देखि समाप्त भएको हुदाँ स्थगित गरिएका पूर्व निर्धारित परीक्षाहरु सरकारले तोकेको भौतिक दुरी र स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गर्दै पुनः भादौको पहिलो साताबाट सम्बन्धित क्याम्पस कलेजहरुमा नै परीक्षा केन्द्र कायम हुने गरी सञ्चालन हुने उल्लेख गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सबै विद्यार्थीलाई परीक्षाको लागि तैयार रहन आग्रह गर्दै परीक्षाको विस्तृत परीक्षा तालिकाहरु यथाशीघ्र प्रकाशित गरि परीक्षा सञ्चालन गरिने जानकारी दिनु भयो ।

त्यस्तै, नेपाल लगायत विश्वभर कोरोना भाईरसको संक्रमण बढ्दै जादाँ विश्वविद्यालयले २०७६ साल चैत्र ६ गते एक सुचना प्रकाशित गर्दै आगामी सबै परीक्षाहरु स्थगित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.