हुलाकी न्यूजः एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा जनकपुरधाम भरी नै निमार्ण गरिएको सडक एक वर्ष नबित्दै अधिकांश ठाउँहरुमा बिच बाटोमै प्वाल पर्न थालेको छ । जनकपुरधाम उपमहानगरपाकिला वडा नम्बर ४ माछाबजार बसहिया रोडमा ५० मिटरको दुरीमै तीन ओटा ठूलो प्वाल परेका छन् । उक्त प्वाल परे पश्चात ठूलो सवारी साधनहरुको आबत जाबत समेत अबरुद्ध भएको छ ।

सडकको बिचमा पर्न गएको उक्त प्वाल माथिबाट हेर्नमा एक मिटरको देखिएपनि भित्रबाट करिब तीन मिटर गहिरो र बिशाल खुकुलो गरी भाँसिएको छ ।

यसैगरी, जनकपुरधामको अन्यत्र सडकको कुरा गर्ने हो भने पुरानो बस पार्क र पेठीया बजार जाने बाटोमा समेत केही समय अघि प्वाल पर्दा अहिले माठोबाट उक्त प्वालहरुलाई ढाकछोप गरी करौडौको भ्रष्टाचारलाई लुकाउन खोजेको अबस्था छ ।

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको केहि महिना बित्न नपाउँदै सडक भत्कन थालेको हो ।

यसरी करौडौ रुपैयाको भ्रष्टाचारी र सडकमा प्वाल पर्दा समेत सम्वन्धित सरोकारवाला निकाय र स्थानीय सरकारको ध्यान नगएको स्थानियहरुले आरोप लगाएका छन् ।

जनकपुरधामको बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच ६ वर्षअघि सम्झौता भएको थियो ।

चीनको जेडआइइसी र काठमाडौंस्थित शर्मा निर्माण कम्पनीले संयुक्त रुपमा १ अर्ब ५ करोड ९८ लाख रुपैयाँमा ३२ किलोमिटर भूमिगत नाला र १२-३९ किलोमिटर सडक पिच गर्ने ठेक्का पाएको काम जनकपुरकै रमण कन्स्ट्रक्सनले पेटी ठेक्कामा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.