हुलाकी न्यूजः प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मास्क नलगाइ हिड्नमा प्रतिबन्ध लगाईएको छ । कोरोना संक्रमणको कहर बढ्दै जाँदा प्रशासनले यस्तो नियम आजबाट लगाएको हो ।

आइतबारर बसेको जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले सोमबारदेखि मास्क बिना हिड्नेलाई कडाइ गरेको छ ।

यसै अनुसार, सोमवार विहान देखी दिउँसो १ बजेसम्म सडकमा बिना मास्क हिड्ने १ सय ५० जनाभन्दा बढी व्यक्तिहरुलाई पक्राउ गरिएको धनुषाका एस्पी रमेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँले कोरोना संक्रमण तिव्ररुपले बढ्दै जाँदा अस्तिदेखि नै हामी सर्वसाधारणलाई पटक पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेको तर धेरै बास्ता नगरेको भन्दै सोमबार देखि उनीहरुलाई पक्राउ गरी १ सय रुपैयाँ जरिवाना गरी छाड्ने गरेको जानकारी दिनुभयो ।

त्यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्ला संकट व्यवस्थापन समितिको निणर्य अनुसार प्रशासनले मास्क नलाई हिड्नेलाई कडाइ गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.