हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेश क्षेत्रमा मधेश सहिद गेटको शिलन्यास भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले शनिबार गेटको शिलन्यास गरेका हुन्।
करिब ३ करोडको लगानी भव्य सहिद गेट निर्माण गर्न लागिएको मेयर साहले जनाएका छन्।
गेटमा राम सीताको प्रतिमासहित तेस्रो मधेश आन्दोलनका तीनवटा सहिदहरु तिक्कु यादव, संजय चौधरी र दिलिप यादवको प्रतिमासमेत राखिने जनाइएको छ।
मेयर साहले निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने र मधेशकै सानको रुपमा उक्त गेट रहने दाबी गरे।