हुलकी न्यूजः थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नंंंं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। नविन थापाका अनुसार ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
मधुमेहको दिर्घरोगी समेत रहेका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।



