काठमाडौं । नेपालका नयाँ नक्सासहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा जनता समाजवादी पार्टी नेपालले पनि समर्थन जनाएको छ ।

मंगलबार प्रतिनिधिसभामा सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि धारणा राख्दै तत्कालीन राजपाका लक्ष्मण लाल कर्ण र समाजवादीका राजेन्द्र श्रेष्ठले विधेयकमा समर्थन जनाएका छन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो ।

सांसद कर्णले नेपालको भौगोलिक स्वतन्त्रता, नेपालको सधीनता प्रति आफूहरुको दुईमत नरहेको प्रष्ट्याएका छन् । यस्तै, सांसद श्रेष्ठले पनि राष्ट्रियताको विषय बाह्य र आन्तरिक हुने भएकाले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा आफ्नो पार्टी रहेको बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संशोधनको पक्षमा आफ्नो पार्टीले केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराएका थिए ।

कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयकको छलपलमा जवाफ दिने क्रममा दलहरूबीच एक मत देखिएकोमा खुसी व्यक्त गरिन् ।

अब सरकारले ल्याएको संशोधन माथि सांसदहरुले संशोधन दर्ता गराउन पाउनेछन् । त्यसपछि प्रतिनिधि सभामा पुनः छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.