कपिलवस्तु । कपिलवस्तुमा एकै दिन ६९ जनाको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरूमध्ये मायादेवी र शुद्धोधन गाउँपालिकाको क्वारेन्टिनमा रहेका ६७ जना छन् । संक्रिमित हुनेमा ११ वर्षीया बालिकासहित १० महिला छन् भने एक वर्षका बालक र ८० वर्षका बृद्ध गरी ५७ जना पुरुष छन् । यस्तै, ओडरी मा.वि. क्वारेन्टिनमा रहेका दुई जना २४ र ३९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा थप २७ जनामा संक्रमण देखिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र मर्चवार आदर्श माविको क्वारेन्टिनमा रहेका २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा एक जना ४० वर्षकी महिला छिन् भने अरू सबै पुरुष छन् । यस्तै, मायादेवीका २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पामा २ जना संक्रमित थपिएका छन् । उनीहरू २८ वर्षीया महिला र २३ वर्षीय पुरुष हुन् । दाङमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । बगलाचुरी र राजपुरका उनीहरूमध्ये ९ वर्षीय बालिका र २७ महिला छन् भने अरू १७ देखि २२ वर्षका पुरुष हुन् ।

यसैगरी, नवलपरासीमा ८ जनामा संक्रमण भेटिएको छ । पहलिनन्दन र बर्दघाट क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ३४ वर्षका पुरुष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.