काठमाडौं । देशभर आज एकै दिन १५६ जना कोरोना भइरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् ।

योसँगगै नेपालमा कोरोना संक्रमितको आँकडा एक हजार पार गरेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृत्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने उपचारपछि १८७ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.