सप्तरी । प्रहरीले मध्यराति क्वारेन्टाइनमा बसेकाहरुलाई कुटपिट गरेको छ । प्रहरीको ज्यादतीविरुद्ध क्वारेन्टाइनमा बसेकाहरुले भोक हडताल गरेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित उच्च माविको क्वारेन्टाइनमा मंगलबार मध्यराति प्रहरीको एक टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको आरोप छ । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् ।

स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए । पीडितहरुका अनुसार प्रहरीले यहाँ को–को भारतीय छौं सब निस्केर जाओ भन्दै कुटपिट गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.