काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ ।

कोभिड १९ बाट ३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । २२ लाख ५५ हजार जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना संक्रमित भएका छन् ।

त्यहाँ मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ । दोस्रो स्थानको ब्राजिलमा ३ लाख ४९ हजार एक सय १३ जना संक्रमित हुँदा २२ हजार १ सय ६५ जना संक्रमित भएका छन् । तेस्रो स्थानमा आइतबार ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या तीन लाख ४४ हजार ४ सय ८१ पुगेको छ । मृतक ३ हजार ५ सय ४१ पुगेका छन् ।

दक्षिण एसियामा भारत ११ औं स्थानमा छ । अहिलेसम्म १ लाख ३१ हजार ९ सय २० जना संक्रमित हुँदा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमित हुँदा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ । बंगलादेशमा ४ सय ५२, अफगानिस्तानमा २ सय १८, श्रीलंकामा ९ तथा माल्दिभ्समा ४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.