काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । झापा, धनकुटा र सुनसरीका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हु्न् ।

थपिएका नयाँ संक्रमित झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका १५ जना पुरुष रहेका छन् ।

त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.