कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

महाराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरूको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् ।

उनीहरू विजयनगरको जुटपानीको क्वारेन्टाइनमा बसेका थिए । भेटिएका सबै भारतबाट आएका व्यक्तिहरू हुन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.