बाँके, ६ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमित आइसोलेशन वार्डमा जान अस्वीकार गरेका छन् ।

आइतबार २५ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनीसँगै रहेका ५९ जना कोरोना संक्रमितले आइसोलेसनमा जान अस्वीकार गरेका हुन् । संक्रमितलाई नेपालगञ्जको कोहलपुरस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राख्ने निर्णय भएपनि संक्रमित जान नमानेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

संक्रमितहरूले स्थानीय तहमै बस्ने बताएपछि समस्या भएको उनले बताए । आइसोलेसनका बारेमा पनि छलफल भइरहेको उनको भनाइ छ । पुष्टि भएपछि पनि करिब १८÷१९ घण्टा कोरोना संक्रमित र नभएका सँगै बस्न बाध्य बनेका थिए ।

५९ जनामा कोरोनासंक्रमण भएको सोमबार पुष्टि भएपनि मंगलबार बिहान क्वारेन्टाइनमा बसेकामध्ये को संक्रमित हुन् या होइनन् भन्ने बारेमा अन्यौल भएको समेत नरैनापुर गाउँपलिका एक जना जनप्रतिनिधिले बताए ।

मंगलबार मात्रै संक्रमितलाई छुट्टै विद्यालयमा राखिएको हो । भारतबाट गाउँमा एकैचोटी धेरै युवा फर्किदा कोरोनाभाइरसको संक्रमणको बारेमा उनीहरूमा जनचेनता फैलन नसकेको नरैनापुर गाउँपलिकाका प्रमुख इश्तियाक अहमद साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.