
कपिलवस्तु, ६ जेठ । नेपालमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लोपटक मंगलबार कपिलवस्तुमा ४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो । संक्रमित चारै जना पुरुष रहेका छन् ।
उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् ।



