
काठमाडौं । सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका उपसभापति निधिले सामाजिक सञ्जालमा ट्वीट गर्दै घटनाको भर्त्सना गर्नुका साथै कारवाहीको माग गरेका हुन् ।
आइतबार काठमाडौंको कालिमाटीमा पूर्वशिक्षक घनश्याम झामाथि नेपाली सेनाका जवानले दुर्व्यहार गरेका थिए ।
अस्पतालमा विरामी रहेकी श्रीमतीका लागि रगत लिन जाँदै गरेका झामाथि सेनाका जवानले दुर्व्यहार गरेका थिए ।
उक्त घटना निन्दनीय र दण्डनीय रहेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिको समेत निधिले ध्यानाकर्षण गराएका हुन् ।




Yasto samay ma nepali sena le birami lai sahyog garnu ko satta dukh dinu nindaniya ra amanbiya dekhiyo. China sang kutai khanxa khali thuk…