
रौतहट ५ जेठ । रौतहटमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै रौतहटमा संक्रमितको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरूमा इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ निवासी २१ देखि ३० वर्षीय पुरुषहरू र माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बारामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । बाराको करैयामाई–५ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।




