
काठमाडौं, ४ जेठ । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुव्र्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाडौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीसहितका समूहले गाडीबाट झर्न लगाएर झोला र गाडी जाँच गर्दै दुव्र्यवहार गरेका थिए ।
त्यसको चौतर्फी विरोध भइरहेको छ । पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।



