काठमाडौं, ३ जेठ । भारतमा रहेका धनुषाबासीलाई भोलिबाट नेपाल प्रवेश गराउने तयारी भएको छ ।

भारतमा अलपत्र परेका धनुषाका नेपालीहरूलाई भोलिबाट नेपाल फर्किन दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिएका हुन् । अलपत्र परेकाहरूलाई जटही नाकाबाट मात्र प्रवेश गर्न दिइने पनि पोखरेलले स्पष्ट पारेका छन् ।

जटही नाकालाई एकल बिन्दु कायम गरी क्वारेन्टाइन स्टेशन बनाउने काम भइरहेको छ । यसका लागि जटही नाकास्थित क्वारेन्टाइन स्टेशनमा राखेर हेल्थ डेस्कमा चेकजाँच हुने र त्यसपछि बसबाट उनीहरूलाई सम्बन्धित पालिकामा पु¥याउने तयारी गरिएको छ ।

बस व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयले लिएको छ भने क्वारेन्टाइनमा राख्ने सम्पूर्ण जिम्मा सम्बन्धित पालिकाहरूलाई दिइएको छ । नेपाल प्रवेश गरेकाहरूलाई गन्तब्यमा पु¥याउन

भोलि (आइतबार) जटही नाकाबाट बिहान १० बजे एउटा बस खुल्ने र अर्को बस साँझ ६ बजे खुल्नेछन् । हरेक दिन दुई पटक बस सञ्चालन हुने र यो क्रम केही दिनसम्म चल्नेसमेत पोखरेलले जनाएका छन् ।

जटही सीमामा अहिले करिब २५० देखि ३०० जना जम्मा भइसकेको पनि उनले जनाए । एउटै नाकाबाट प्रवेश दिँदा रेकर्ड राख्न, चेकजाँच तथा सुरक्षाका हिसाबले पनि उपयुक्त हुने भएर यस्तो निर्णय गरिएको पनि उनले बताए ।

अन्य ठाउँबाट प्रवेश गर्न नदिन भारतसँग सीमा जोडिएको धनुषाको ४९ किलोमिटरको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.