
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
नीति तथा कार्यक्रममा कतिपय विगतका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने कतिपय महत्वाकांक्षी योजनाहरुसमेत ल्याएको छ ।
अहिले सर्वाधिक विवादित रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर जारी गर्ने घोषणा गरेको छ ।
वीरगञ्ज(काठमाडौं र रसुवागढी(काठमाडौं रेलमार्गको निर्माण थाल्ने, उपत्यकाभित्र ४ वटा उपशहर बनाउन थालिने, वृहत शहिद पार्क पनि बन्ने, दुधकोसीसहित सुनकोसी(मरिण डाइभर्सन, माथिल्लो अरुण, तामाकोसी(५ र जगदुल्लाको निर्माण थालिने, भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल आउँदो वर्ष सञ्चालनमा ल्याइने, वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने नीति तथा कार्यक्रममा रहेका छन् ।
यसैगरी, बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गरिने, कोसी, कर्णाली र गण्डकी नदीलाई भारतीय जलमार्गसँग जोडिने, पुनर्निर्माणका सबै काम आगामी आर्थिक वर्षमा सकिने, खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने, स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने, स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने छ ।
नेपाललाई कोभिड १९ मुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता, सार्वजनिक विद्यालयलाई गुणस्तरिय बनाईने, तीन वर्षमा सबै विद्यालय पुर्वाधार सम्पन्न हुने, समाज खाली जमिनलाई खेर जान नदिन कृषि उत्पादन बढाउने सरकारको नीति कार्यान्वयनमा ल्याईने नीति तथा कार्यक्रममा रहेका छन् ।



