काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । बिहीबार साँझ थप ६ जनामा कोरोनाको संक्रमण देखिएपछि यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला, कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तु घर भएकी ६ वर्षकी बालिका काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.