काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २ जना संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुकी ६ बर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको भनी सूचना सार्वजनिक भएको थियो ।

मन्त्रालयले पुनः अर्को सूचना जारी गरी त्रुटी सच्याएको हो । पहिले नै पुष्टि भइसकेकाको विवरण दोहोरिएको मन्त्रालयले जनाएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा गरी पाँच संक्रमित बढेको भनेर पुरानै तथ्यांक जोडिएकाले संख्या २५० हुन पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.