काठमाडौं, १ जेठ । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिइको परिक्षणमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीवार भेटिएका कोरोना संक्रमित सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका निवासी र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र वलवा न.पा. निवासी १६ र ३५ वर्षीय पुरुषहरू रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य र रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.