काठमाडौं, ३१ बैशाख । आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । यसअघि धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाँकेका १ जनामा कोरोना पुष्टि भएको थियो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै उपत्यकाका ३ जनासहित ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.