
काठमाडौं । आज एकै दिन पर्सा जिल्लामा भेटिएका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी पनि रहेका छन् ।
फिल्ड रिपोर्टिङका क्रममा सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको जनाइएको छ । सञ्चारकर्मीमा पनि संक्रमण देखिएकोले सचेत भई रिपोर्टिङ्ग गर्नुपर्ने अपरिहार्यत देखिएको छ ।
मङ्गलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालले जनाएको छ । ३९ जना मध्ये दुई जना पत्रकार सम्र्पकमा आएको उनले बताए ।
पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।



