काठमाडौं, ३० वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत गर्नका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यस दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संविधानअनुसार जेठ १५ मा प्रस्तुत हुने बजेटअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.