काठमाडौं, ३० वैशाख । भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ परेका छन् ।

मंगलबार भारतीय हस्तक्षेपको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न गएका पहाडीसहित केही मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतले लिपुलेकमा नेपाली भूमि कब्जा गरी सडक बनाएको भन्दै गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिएका छन् ।

समाजले भारतीय हस्तक्षेपको विरोधमा सोमबार बुटवलमा पनि प्रदर्शन गरेको थियो । भारतले नेपाली भूभाग लिपुलेक मिचेर सडक बनाएपछि विद्यार्थी संगठनका साथै अन्य संघसंगठनले निरन्तर भारतको विरोध गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.