प्रतिकात्मक फोटो

इलाम, ३० बैशाख । इलामको नाम्सालिङ बजारमा आगलागी भएको छ । आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् ।

सोमबार राति माईजोगमाई गाउँपालिका–३ नाम्सालिङमा रहेको पुरानो बजार शुक्रबारेमा आगलागी भएको हो । माङ्गेलाल गर्गको घरबाट सल्किएको आगोबाट छिमेकी छत्रकुमारी दर्जीको घर पनि जलेर नष्ट भएको हो ।

आगलागीबाट तीन वटा घरमा पूर्ण क्षति भएको हो । सँगै रहेको रुकमणी प्रधानको घर भत्काएर आगो थप फैलिनबाट जोगाइएको थियो ।

आगलागी नियन्त्रणका लागि स्थानीय रुकमणी प्रधानको घर भत्काउनुपर्दा तीन घरमा क्षति भयो । स्थानीयबासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.