
काठमाडौं, २९ बैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस रहको पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या १ सय २० पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १० जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरू कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका–७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।




