काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेकको सीमा विवादमा भारतसँगै चीन पनि सहभागी भएको भन्दै समस्या त्रिदेशी रूपमा हल गर्नुपर्ने बताएका छन् ।

लिपुलेकमा भारत–चीनबीच सम्झौता भएको हुनाले लिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ रहेको बताउँदै उनले यो समस्यालाई दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरे ।

सिंहदरबारमा आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहेका प्रचण्डले सीमा विवाद तत्काल उब्जिएको नभई दशकौँदेखिको समस्या भएको र सबै तथ्यहरूको विष्लेषण गरी ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याए ।

लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय भने आएको उनको भनाइ थियो ।

विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरू थप जटिल बन्दै गएको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.