
धनुषा, २७ वैशाख । प्रदेश २ को प्रादेशिक अस्पतालमा लेभल २ कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ ।
सामाजिक विकास मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा सचिव रामप्रसाद घिमिरले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ५० बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
अस्पताल परिसरमा रहेको नर्सिङ क्याम्पस परिसरमा सञ्चालनमा ल्याइएको आठ बेडको आईसीयूको पनि व्यवस्था गरिएको छ । यस अस्पतालमा लेभल वन कोरोना अस्पतालबाट रेफर भएर आउने कोरोना संक्रमित बिरामीको उपचार गरिनेछ ।
प्रदेश २ मा यसअघि वीरगञ्जस्थित नारायण अस्पताललाई लेभल २ कोभिड विशेष अस्तापतालका रूपमा रूपान्तरण गरिसकिएको छ ।
त्यस्तै, प्रदेश २ मा अन्य कोरोना विशेष अस्पतालका रूपमा कलैयास्थित जिल्ला अस्पताल, जलेश्वरस्थित जिल्ला अस्पताल, सप्तरीको भारदहस्थित अस्पताललगायतलाई तयारी गरिएको थियो ।



