काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको विषय निर्णय गर्न आज बिहान ११ बजे वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

पछिल्लो समय थपिएको लकडाउनको समावधि वैशाख २५ बिहीबार गते सकिन लागेकाले मन्त्रिपरिषद्ले अबको लकडाउनबारे निर्णय गर्न लागेको हो । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएपछि खुकुलो पार्ने भनिएको लकडाउन पुनः कडा बनाउने सरकारको तयारी रहेको छ । पुनः कम्तिमा एक साता वा यसभन्दा बढी लकडाउनको अवधि थप गर्नेबारे तयारी भइरहेको छ ।

यसअघि मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियो ।

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री केपीशर्मा ओली समेतको सहभागितामा मंगलबार समन्वय समितिको बैठक बसेको थियो ।

यता, गृहमन्त्री रामबहादुर थापाले लकडाउन यथावत जारी रहेमा जनतामा तीव्र असन्तुष्टि हुने र आर्थिक संकट बढ्ने भन्दै यसको स्वरुप फेर्नुपर्ने बताएका थिए ।

उनले उच्च जोखिमका क्षेत्र पहिचान गरेर जोन छुट्याएर लकडाउन खुकुलो बनाउनुपर्ने जिकिर गर्दै आएका छन् । यद्यपि यसबारे आजको मन्त्रिपरिषदले ठोस निर्णय लिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.