काठमाडौं । नेपालमा एकै दिन १० जना कोरोना भाइरस (कोभिड–१९) का विरामी फेला परेको छन् । आइतबार पर्साको वीरगन्जमा एक र बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको र तीमध्ये १५ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.