काठमाडौं, २१ वैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जनाएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंलाई शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

यसैबीच, केहीदिन अघि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका रौतहटका १९ वर्षीय युवकमा फेरि समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.