रौतहट, १६ वैशाख । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुबैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संत्रमण पुष्टि भएसँगै उनीहरूलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका इमर्जन्सी विभागका प्रमुख डा. उदयनारायण सिंहले जनाकारी दिए । ती दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम पनि शुरु गरिएको अस्पतालका डा. सिंहले बताए ।

दुई जना संक्रमित थपिएसँगै नारायणी अस्पालमा उपचारत संक्रमितको संख्या ५ पुगेको छ । यसअघि नारायणी अस्पतालबाट ४ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.