
काठमाडौं । देशलाई समृद्ध बनाउन तथा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा विभिन्न जिल्लाका ईन्जिनियरहरूसँग बैठक सम्पन्न गरी ई. नरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ३५३ सदस्यीय “ईन्जिनियर जनमत संघ केन्द्रीय तदर्थ समिति” गठन गरिएको छ ।
यस तदर्थ समितिले आवश्यक उपसमितिहरू बनाई ६ महिनाभित्र यस संघको विधान तथा घोषणापत्र समेत तैयार गर्दै अधिवेशन मार्फत् ईन्जिनियर जनमत संघ गठन गर्ने जिम्मेवारी पाएको छ ।
कपिलवस्तु जिल्ला घर रहेको ई. नरेन्द्र प्रसाद चौधरी विगत २२ वर्षदेखि हाइड्रोपावर क्षेत्रमा ईन्जिनियरिङ्ग पेशामा आबद्ध हुँदै विभिन्न सामाजिक सेवा गर्दे आइरहेका छन् ।
उनी विभिन्न तालिम र सेमिनारको क्रममा ईटली, अफ्रिका, थाइल्याण्ड, भारत लगायतकका देशहरु भ्रमण गरेका छन् । उनँको सम्पर्क नं. ९८५१११२८११ र फेसबुकआईडी
https://www.facebook.com/narendra.p.chaudhary
रहेकोछ ।
“ईन्जिनियर जनमत संघ” देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउन, ईन्जिनियरिङ्ग पेशाका गुणस्तर बढाउन, ईन्जिनियरहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने गैरसरकारी सामाजिक संस्था हो ।









