
काठमाडौं, १२ वैशाख । नेपालमा थप एक जनाको कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लोपटक भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
कोरोनाभाइरस संक्रमित ती पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ९ जना निको भएर घर फर्किसकेका छन् ।



