
कोविड-१९ को संक्रमणले फैलिएको महामारीका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित ३श्रमिक तथा असहायहरूलाई दैनिक जीवनयापनको लागि राहत उपलब्ध गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई राहत वितरण मापदणड,२०७६ सहित निर्देशन दिएको छ ।
मापदण्डमा “श्रमिक र असाहय”को परिभाषा प्रष्ट लेखिएको छः
१. श्रमिक भन्नाले दैनिक रूपमा कामकाज गरी पटके वा दैनिक ज्याला प्राप्त गर्ने सामानको भार उठाउने भरिया, अर्काको खेतवारीमा काम गर्ने, गिट्टी कुटने तथा निर्माण कार्यमा काम गर्ने मजदूर, फूटपाथ आदिमा साना पसल थापि जीविका चलाउने, अरूको सवारी साधन र ग्यारेजमा मजदूरी गर्ने, रिक्सा ठेला चालक आदि चलाउने मजदूर ।
२. असहाय भन्नाले अरू कसैको लालन पालनमा नरही अशक्त आवाशहीन भई मन्दिर, मस्जिद, आश्रम, धर्मशाला, गुम्बा, चर्च, बृद्धाश्रम आदि स्थानमा बस्ने व्यक्ति ।
यसको ठीक विपरीत जनप्रतिनिधीहरूले श्रमिक र असहाय शब्दलाई परिभाषित गरी राहत वितरण गरिरहेका छन् । हाम्रा जनप्रतिनिधीहरूले पार्टीका कार्यकर्ता, राहत वितरण समितिमा रहेका सदस्यहरूका परिवार, सवारी धनी, सरकारी कार्यालयमा कार्यरत र आफ्ना पार्टी निकट कर्मचारी, बेपारीका परिवार, जनप्रतिनिधिका परिवार, एउटै परिवारका अनेक सदस्य आदिलाई राहत सूचीमा राखि राहत वितरण गरिएको छ ।
गरीवले यो अन्याय भयो भन्दा जनप्रतिनिधी आफैं अग्रसर भई जनतालाई गाली गलौज गर्ने, लाठी हान्ने, अनेक धाक(धम्की दिने हर्कतहरू भएका छन ।
यसको प्रत्यक्ष उदाहरण भारदहमा हिजो राहत वितरणका क्रममा प्रष्ट देखिएका छन । फूटपाथमा पसल थापी जीविका चलाईरहेका गोपाल मण्डल भन्ने गरीव हिजो २०७७ साल बैशाख ३ गते कुटिएको छ । गाली गलौजबाट अपमानित भएको छ । एउटा बकस भनिने गरीवले राहत सम्बन्धी कुरा गर्दा यो फलानो पार्टीको राहत हो, तिमीहरू अर्कै पार्टीका हौ, जा आफ्नै पार्टीसँग राहत माँग, जस्ता हर्कतहरू आम बनिरहेका छन् ।
जनप्रतिनिधीबाट भइरहेको अमानवीय व्यवहार प्रति खेद प्रकट गर्दै राह वितरणको कार्य नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप होस र यसको अनुगमन, छानवीन, कारबाही समेत सम्बन्धित निकायबाट होस, !



