काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आज बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे सम्बोधन गर्नेछन् ।

लकडाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.