समाजवादी पार्टीको मधेश प्रदेश समितिका अध्यक्ष विजय यादव

जनकपुरधाम । समाजवादी पार्टीको मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनका लागि प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरि दिन पार्टीका नेता कार्यकर्तालाई अपील गरेको छ ।

प्रदेश समिति अध्यक्ष विजय कुमार यादवले विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउनका साथै लकडाउनमा प्रदेशका कुनै पनि जनता भोकै नबसून भन्ने उद्देश्यका साथ प्रदेश सरकारले राहत वितरणका लागि स्थानीय तहमा पठाएको रकमबाट समुचित राहत वितरण एवं तथ्यांक संकलनमा सहयोग गरि दिन स्थानीय तहका प्रमुख उपप्रमुख एवं पार्टीका नेता तथा कार्यकर्तालाई अपील गरेका हुन् ।

उनले प्रदेश सरकारले जारी गरेको निर्देशिकाबमोजिम वडाअध्यक्षको संयोजकत्वमा रहने राहत वितरण समितिलाई निःस्वार्थ भावले सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

यसका साथै महामारी नियन्त्रणका लागि लकडाउन एकमात्र अस्त्र रहेकोले सम्पूर्ण प्रदेशवासीलाई आफ्नै घरमा बसी सहयोग गर्न समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.