जनकपुरधाम, १८ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणका लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै बहाना नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनुभएको छ ।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएका बेलामा सामान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरूले बेवास्ता गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरूको सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘राज्यको सुविधा प्रयोग गरे पनि संकटका बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरू सिफारिस गर्नु लाइन्सेन्स खारेजीसम्मको कारबाही हुन्छ ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिनु हुँदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राख्नु भएको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राख्नु भएको थियो भने मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा गर्नुपर्ने काम र कानूनी अवस्थावारेअ ाफनो धारणा राख्नु भएको थियो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरू, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरूसहितको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारीहरूले महामारी नियन्त्रणका लागि जिल्लामा गरेका प्रयासहरू र आगामी दिनमा गर्नुपर्ने योजनाहरूबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.