काठमाडौं, १८ चैत । सोमबार वीर अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण नभएको पुस्टि भएको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त उनको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो । उनी हालै भारतबाट आएका थिए ।

सोमबार नै वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिकाकी युवतीको पनि मंगलबार रिपोर्ट आएको थियो । उनी पनि कोरोना संक्रमित नभएको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.